बालेनकाे शपथपछि बालुवाटार छाड्ने प्रधानमन्त्री कार्कीकाे तयारी

Share this
721shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत १०, मंगलबार १६:५५

काठमाडौं । नयाँ प्रधानमन्त्रीका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले शपथ लिएकै दिन प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटारको सरकारी निवास छाड्ने  भएकी छन् । बालेन शाहले चैत १३ गते शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रधानमन्त्रीको शपथ लिँदैछन् । साेही दिन कार्कीले बालुवाटार छाड्ने भएकी हुन् ।

‘नयाँ प्रधानमन्त्रीले शपथ लिएलगत्तै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार वर्तमान प्रधानमन्त्रीले छाडेर निजी निवासमा फर्कनुहुन्छ’, प्रधानमन्त्री कार्कीका प्रेस सल्लाहकार राम रावलले भने ।

प्रधानमन्त्री कार्की गत भदौ २७ मा प्रधानमन्त्री नियुक्त भएपछि सरकारी निवास बालुवाटारमा बस्दै आएकी थिइन् ।

जेनजी आन्दोलनपछि ६ महिनाभित्र निर्वाचन गराउने म्याण्डेट पाएकी कार्कीले निर्वाचन सम्पन्न गराएर परिणाम आएसँगै नयाँ प्रधानमन्त्रीलाई सत्ता हस्तान्तरण गरेर फर्कन लागेकी हुन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.