कांग्रेस केन्द्रीय समितिकाे बैठक आज पनि बस्दै

Share this
634shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत ११, बुधबार ०६:४०

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बुधबार (चैत ११) पनि बस्दै छ । बैठक बिहान ११ बजे बस्ने छ ।

मंगलबारदेखि जारी बैठकका एजेन्डामाथि केन्द्रीय सदस्यहरू बोल्ने क्रम बाँकी भएको पार्टी प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।

उनका अनुसार, बैठकमा मंगलबार २८ जना केन्द्रीय सदस्यले धारणा राखेका छन् ।

बैठकमा संविधान संशोधन अध्ययनका लागि विज्ञ समिति गठन, १५औँ महाधिवेशन तयारी, उमेदवारसँग प्रदेशस्तरीय निर्वाचन समीक्षा, प्रदेश तथा स्थानीय सरकारको प्रभावकारी सञ्चालन र भ्रातृ संघ, शुभेच्छुक संस्था तथा जनसम्पर्क समितिलगायत विषयमा बाँकी केन्द्रीय सदस्यहरूले धारणा राख्नेछन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.