
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले अहिले केही बेरपछि राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार केहीबेरमै उनले देशवासीलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको हो ।
सम्बोधनको विषयवस्तुका बारेमा आधिकारिक रूपमा विस्तृत जानकारी सार्वजनिक गरिएको छैन । तर, शुक्रबार मुलुकले नयाँ प्रधानमन्त्री पाउँदैछ । रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) प्रधानमन्त्री बन्दैछन् ।
नयाँ सरकार गठनको पूर्वसन्ध्या र आफू नेतृत्वको सरकारको कार्यकालको अन्तिम समयमा प्रधानमन्त्री कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्न लागेकी हुन् ।
























