
विराटनगर । रामनवमीका दिन नेपालले नयाँ शक्तीशाली प्रधानमन्त्री पाएको छ । रास्वपा वरिष्ठ नेता बालेन शाह करिब दुई तिहाई मतसहित प्रधानमन्त्री नियुक्त भए ।
शक्तिशाली प्रधानमन्त्री शाहको राजकाजको जिम्मा लिने शैली भने यसअघिका प्रधानमन्त्रीको भन्दा फरक थियो ।
राष्ट्रपति कार्यालय शीतल निवासमा स्वस्ति वाचन, शंखनादसँगै शाहले प्रधानमन्त्रीको शपथ लिएका थिए । साइत हेराएर सिंहदरबार प्रवेश गरेका उनले दिउँसो ४ बजे सिंहदरबारमा पहिलो क्याबिनेट बैठकमा केही निर्णय गरे । मन्त्री र सचिवहरुलाई निर्देशन दिए ।
त्यसपछि पूजाआजा गरेपछि अपरान्ह सरकारी निवास बालुवाटार प्रवेश गरे ।
शाहले दिउँसो मध्यान्ह १२ बजेर ३४ मीनेटको साइतमा शीतल निवासमा शपथ लिएका थिए । दिउँसो सवा २ बजेको साइतमा सिंहदरबारस्थित कार्यालय पुगेर पदबहाली गरेका थिए । शक्तिशाली प्रधानमन्त्री शाहले सत्ताको बागडोर सम्हाल्दै गर्दा आफूलाई धार्मिक रुपमा प्रस्तुत गरे ।
























