
काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई प्रतिशोधपूर्ण रुपमा पक्राउ गरेकाे बताएका छन् । उनले कानुनी लडाइँ लड्ने पनि बताए । भदाै २३ र २४ गतेकाे जेनजी आन्दाेलनका लागि छानविन गर्न गठित आयाेगले कारवाही सिफारिस गरेपछि पूर्वप्रधानमन्त्री ओलीलाई प्रहरीले शनिबार बिहान पक्राउ गरेको थियाे ।
उनले पक्राउअघि वकिलहरूसँग परामर्श गरेका थिए । उनले वकिलहरूलाई कानुनी लडाइँ लड्न तयारी रहन भनेका थिए।
प्रहरीले जेनजी आन्दोलनका बेला गृहमन्त्री रहेका रमेश लेखकलाई पनि शनिबार बिहान भक्तपुरस्थित निवासबाट पक्राउ गरेको छ । लेखकले पनि प्रतिसाेधपूर्वक पक्राउ गरेका कारण कानुनी लडाइ लड्ने बताएका थिए ।
























