‘प्रचण्ड’ नेकपा संसदीय दलको नेता चयन

Share this
705shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत १५, आइतबार १४:४२

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ संसदीय दलको नेता चयन भएका छन्। आइतबार कोटेश्वरस्थित पार्टी कार्यालय पेरिसडाँडामा बसेको संसदीय दलको बैठकले उनलाई सर्वसम्मत रूपमा नेता चयन गरेको हो।

नेकपाका सांसद रमेश मल्लका अनुसार बैठकले प्रचण्डलाई दलको नेताको जिम्मेवारी सुम्पिने निर्णय गरेको छ। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपाले प्रत्यक्षतर्फ ८ सिट र समानुपातिकतर्फ ९ सिट गरी कुल १७ सिट जितेको थियो।

संसदीय दलको नेता चयन प्रक्रिया सकिएलगत्तै अहिले पेरिसडाँडामा नवनिर्वाचित सांसदहरूका लागि अभिमुखीकरण तालिम सञ्चालन भइरहेको छ। तालिममा संसदीय प्रक्रिया, पार्टीको नीति र आगामी संसद्मा खेल्नुपर्ने भूमिकाबारे सांसदहरूलाई प्रशिक्षण दिइने बताइएको छ।

नयाँ निर्वाचनपछि संसद्मा नेकपाको भूमिका र सरकारसँगको सहकार्यका विषयमा प्रचण्डको नेतृत्वले कस्तो आकार लिन्छ भन्ने कुरालाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.