कोशी प्रदेशसभामा ओली, लेखकको रिहाइ माग

Share this
741shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत १५, आइतबार १७:३३

विराटनगर । कोशी प्रदेशसभाको बैठकमा नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेस नेता रमेश लेखक पक्राउकाे  विषयले प्रवेश पाएकाे छ ।ओली र लेखक शनिबार पक्राउ परेका थिए ।

आइतबारकाे प्रदेशसभा बैठकमा बोल्दै सांसदहरूले ‘राजनीतिक प्रतिशोध’का आधारमा पक्राउ गरेकाे भन्दै रिहाइको माग गरे । भदौ २३ र २४ गतेको घटना छानबिन गर्न बनेको आयोगको प्रतिवेदन पूर्वाग्रही रहेको उनीहरूको दाबी छ ।

सांसद डोल्मा तामाङ, सिर्जना राई, किशोरचन्द्र दुलाल र होमबहादुर थापाले नयाँ सरकारले गठन भएको २४ घण्टा नबित्दै धरपकड सुरु गरेर विधिको शासनमाथि गम्भीर प्रहार गरेको बताए ।

सांसद मीना श्रेष्ठले पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको गिरफ्तारी लोकतान्त्रिक प्रणालीमाथिकै प्रहार भएको बताइन् । सांसद गीतादेवी रेग्मीले फरक विचार राख्ने नेताहरूप्रति राजनीतिक प्रतिशोध नसाध्न आग्रह गर्दै यसले देशमा अस्थिरता ल्याउने चेतावनी दिइन् ।

शून्य समयमै बोल्दै सांसद खगेश्वरी पौडेलले भने सुशासन अहिलेको प्रमुख आवश्यकता रहेको बताउँदै सार्वजनिक सेवाहरूलाई डिजिटलाइज गर्नसके मात्र सुशासन कायम हुने बताइन् ।

बैठकको विशेष समयमा नेकपा एमाले संसदीय दलको तर्फबाट बोल्दै सांसद तिलकुमार मेन्याङ्बोले नेताहरूको गिरफ्तारीको दलगत रूपमा कडा विरोध गरे ।

नेपालको राजनीतिक इतिहासमा ठुलाठुला परिवर्तनपछि उठेका क्रिया–प्रतिक्रियालाई दलहरूले सावधानीपूर्वक हल गर्दै आएको इतिहास उनले स्मरण गराए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.