महेश बस्नेतलाई पक्राउ गर्न अदालतले दिएन अनुमति

Share this
688shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत १६, सोमबार १९:४३

काठमाडौं । जिल्ला अदालत काठमाडौंले एमाले सचिव महेश बस्नेतविरुद्ध पक्राउ पुर्जी जारी गर्ने अनुमति दिन अस्वीकार गरेको छ । बस्नेतविरुद्धको जाहेरी र त्यससम्बन्धी सक्कल फाइल उच्च अदालत पाटन पुगेको भन्दै जिल्ला अदालतले पक्राउ अनुमति दिन अस्वीकार गरेको हो ।

भ्रूण हत्या, बलात्कार र चोरी डाँकाको आरोपमा एमाले नेता बस्नेतविरुद्ध २६ परिसर ५८ सांकेतिक नाम भएकी युवतीले प्रहरीमा किटानी जाहेरी दिएकी थिइन् ।

जाहेरीका आधारमा अनुसन्धान नै अघि नबढाई सरकारी वकिलले मुद्दा नचल्ने निर्णय गरेको थियो । उक्त निर्णय विरुद्ध परेको रिट निवेदन उच्च अदालत पाटनले खारेज गरेको थियो । त्यसपछि ती युवतीले अर्को पूरक जाहेरी दिएकी थिइन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.