देउवा समूहको बैठक आज पनि जारी

Share this
766shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत १८, बुधबार १०:४३

काठमाडौं । नेपाली कांग्रेस, शेरबहादुर देउवा समूहको बैठक आज बुधबार पनि बस्दैछ। मंगलबार सुरु भएको बैठकमा नेताहरूले धारणा राख्ने क्रम नसकिएकाले आज दिउँसो १ बजे पुनः बैठक बस्न लागेको नेतृ लक्ष्मी खतिवडाले जानकारी दिइन्।

हिजोको बैठक निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा सम्पन्न भएको थियो। सो अवसरमा नेता खड्काले १४औँ महाधिवेशनबाट निर्वाचित ११३ जना पदाधिकारी र सदस्यहरू आफूहरूसँग रहेको दाबी गरेका थिए। मंगलबारको छलफलमा ७० जनाभन्दा बढी पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको सहभागिता थियो।

बैठकमा विशेषगरी मुलुकको समसामयिक राजनीति, पार्टीभित्रको आन्तरिक शक्ति सन्तुलन र हालै सम्पन्न निर्वाचनको समीक्षा लगायतका विषयमा गहन छलफल भइरहेको नेता बद्री पाण्डेले बताए। आजको बैठकमा बाँकी रहेका सदस्यहरूले आफ्नो धारणा राख्ने र पार्टीको आगामी कार्यदिशाबारे ठोस छलफल हुने जनाइएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.