एमाले संसदीय दलको नेतामा बादलको पनि दाबी

Share this
715shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत १८, बुधबार १४:३०

काठमाडौं। नेकपा (एमाले) संसदीय दलको नेतामा रामबहादुर ‘बादल’ ले पनि दाबी गरेका छन्। यसअघि सुहाङ नेम्वाङले दाबी गरेका थिए।

ललितपुरस्थित केन्द्रीय कार्यालय च्यासलमा बसेको दलको बैठकमा बादललाई सर्वसम्मत रूपमा दलको नेता चयनका लागि छलफल भइरहेको एक सांसदले जानकारी दिए । सहमति नभएको निर्वाचन प्रक्रियाबाट टुङ्गो लगाउने ती सांसदले बताए ।

‘दलको नेतामा रामबहादुर थापालाई प्रस्ताव गरिएको छ । तर सुहाङजीले जेनजी आन्दोलनको भावना, संसदमा युवाहरूको बाहुल्यता रहेको अवस्थामा आफूलाई दलको नेता बनाएमा राम्रो सन्देश जाने बताउनुभएको छ । सकेसम्म सर्वसम्मत रूपमा दलको नेता चयन हुन्छ । सहमति नभए निर्वाचन प्रक्रियाबाट टुंग्याइन्छ’, एक सांसदले भने ।

ती सांसदका अनुसार अहिले सर्वसम्मत रूपमा नेता चयन गर्न छलफलमै रहेका छन् । फागुन २१ मा भएको निर्वाचनमा एमालेले २५ सिट जितेको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.