एमाले संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध निर्वाचित

Share this
691shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत १८, बुधबार १६:५४

काठमाडौं । नेकपा (एमाले) को संसदीय दलको नेतामा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ निर्वाचित भएका छन् । पार्टी केन्द्रीय कार्यालयमा भएको संसदीय दलको बैठक र निर्वाचन प्रक्रियामार्फत थापा निर्विरोध निर्वाचित भएका हुन् ।

संसदीय दलको नेताका लागि उपाध्यक्ष थापा र युवा नेता सुहाङ नेम्वाङले दाबी प्रस्तुत गरेका थिए । सुरुमा सहमतिको प्रयास गरिए पनि दुवै पक्षबीच सहमति हुन नसकेपछि निर्वाचनको तयारी गरिएको थियो । निर्वाचनका लागि दुवै नेताले मनोनयन फारम लगेका थिए ।

तर, मनोनयन दर्ताको अन्तिम समयमा सुहाङ नेम्वाङले प्रस्तावक र समर्थक जुटाउन नसकेपछि थापाको एकल उम्मेदवारी परेको थियो । निर्वाचन विभागका प्रमुख निरज आचार्यका अनुसार अपराह्न ४ बजेसम्म मनोनयन दर्ता गर्ने समय निर्धारण गरिएकोमा उक्त अवधिभित्र थापाले मात्र फारम बुझाएका थिए ।

‘निर्धारित समयभित्र थापाको मात्र मनोनयन दर्ता भयो, जसका कारण उहाँ निर्विरोध निर्वाचित हुनुभएको छ,’ आचार्यले बताए ।

पार्टीमा युवा नेतृत्वको हस्तान्तरण हुनुपर्ने एजेन्डासहित सुहाङले दलको नेतामा आफ्नो बलियो अडान राखेका थिए । तर, प्राविधिक रूपमा प्रस्तावक र समर्थकको अभाव भएपछि उनी प्रतिस्पर्धाबाट बाहिरिनु परेको हो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.