एमालेको कार्यवाहक अध्यक्षमा रामबहादुर

Share this
688shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत १८, बुधबार १८:१८

काठमाडौं । नेकपा (एमाले)ले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’लाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको छ ।

अध्यक्ष केपी शर्मा ओली ज्यानसम्बन्धी मुद्दाको अनुसन्धानका क्रममा हिरासतमा रहेकाले उनी बाहिर नआउँदासम्मका लागि थापालाई उक्त जिम्मेवारी दिइएको हो । ओलीले हिरासतबाटै लेखेर दिएको पत्रमार्फत थापालाई बुधबार कार्यवाहकको जिम्मेवारी सुम्पिएको एमाले नेताहरूले जनाएका छन् ।

एमाले संसदीय दलको बुधबार बसेको बैठकले थापालाई संसदीय दलको नेतामा समेत चयन गरेको थियो । थापाले संसदीय दलको नेतासँगै एमालेमा कार्यवाहकको जिम्मेवारी पाएका हुन् ।

नयाँ जिम्मेवारी सम्हाल्दै थापाले संसदमा संख्यात्मक हिसाबले एमाले कमजोर देखिए पनि जनमतका आधारमा प्रतिपक्ष बलियो रहेको बताएका छन् । एमालेको पछिल्लो महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित थापा पार्टीभित्र प्रभावशाली नेताका रूपमा चिनिन्छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.