सुनसरीको मालपोत र यातायात कार्यालयबाट १७ जना पक्राउ

Share this
724shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत १९, बिहीबार ०६:५५

इटहरी । सुनसरीका सरकारी कार्यालयमा सेवाग्राहीलाई दुःख दिने, छिटो काम गरिदिने बहानामा रकम असुल्ने र कार्यालयको नियमित प्रक्रियामा हस्तक्षेप गर्ने बिचौलियाविरुद्ध प्रहरी ‘एक्सन’मा गएको छ ।

प्रहरीले १७ जना बिचौलियालाई पक्राउ गरेको हो । पछिल्लो समय मालपोत र यातायात कार्यालयमा बिचौलियाको प्रभाव बढ्दै गएको गुनासोपछि जिल्ला प्रहरी कार्यालय सुनसरीले विशेष अपरेशन चलाएको थियो ।

सुनसरी प्रहरीका प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काका अनुसार इनरुवा नगरपालिका–३ स्थित मालपोत कार्यालय परिसरबाट १३ जना पक्राउ परेका छन् । सेवाग्राहीसँग अनावश्यक रूपमा रकम असुल्दै काम छिटो गरिदिने प्रलोभन देखाउने गतिविधि बढेपछि इन्स्पेक्टर प्रकाश पराजुलीको नेतृत्वमा खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको खड्काले बताए ।

नियन्त्रणमा पर्नेहरूमा रामधुनी नगरपालिका–९ का २८ वर्षीय युजिन घिमिरे, रामधुनी–५ का ५६ वर्षीय धननारायण श्रेष्ठ, इटहरी उपमहानगरपालिका–५ की २७ वर्षीया अर्चना आचार्य, इटहरी–५ का ५० वर्षीय दीपककुमार दाहाल, इनरुवा नगरपालिका–३ की ३२ वर्षीया आयसा मोते, इनरुवा–२ का २४ वर्षीय मिलन मेहता रहेका छन् । यसैगरी इनरुवा–६ का ५२ वर्षीय मेघराज फुयाल, इनरुवा–८ का ४० वर्षीय वीरेन्द्र पण्डित, इनरुवा–२ का ३५ वर्षीय असिप आचार्य, इनरुवा–६ का ४९ वर्षीय रोशन विक, इनरुवा–१ का ३२ वर्षीय प्रमोसकुमार सिंह, भोक्राहा नरसिंह गाउँपालिका–५ का २५ वर्षीय एकरार आलम मन्सुरी र भोक्राहा नरसिंह–१ का २६ वर्षीय सर्ताज आलम मन्सुरी पनि पक्राउ परेका छन् ।

पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखेर थप अनुसन्धान अघि बढाइएको छ । त्यस्तै, इटहरी उपमहानगरपालिका–१० स्थित यातायात व्यवस्था कार्यालय परिसरबाट चार जना पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी सुवास हमालका अनुसार सेवाग्राहीसँग अवैध रूपमा रकम माग्ने तथा सेवा प्रवाहमा अवरोध गर्ने गतिविधिमा संलग्न रहेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो । इन्स्पेक्टर दुर्गा खनालको नेतृत्वमा खटिएको टोलीले इटहरी–४ का २७ वर्षीय सुमन ओझा, ४० वर्षीय सूर्य थापा, ५० वर्षीय योगेन्द्र ओझा र इटहरी–१० का ४६ वर्षीय शेरबहादुर कार्कीलाई नियन्त्रणमा लिएको हो । उनीहरूलाई इलाका प्रहरी कार्यालय इटहरीमा राखेर अनुसन्धान अगाडि बढाइएको छ ।

प्रहरीले पछिल्लो समय सरकारी कार्यालयमा बिचौलियाको सक्रियता अत्यधिक बढेको गुनासो प्राप्त भएपछि कारबाही तीव्र पारेको छ । सेवाग्राहीसँग अनावश्यक रकम असुल्ने, कागजी प्रक्रिया प्रभावित पार्ने र सर्वसाधारणलाई हैरानी दिने कार्य नियन्त्रण गर्न प्रहरी सक्रियता बढाइएको डीएसपी खड्काले बताए ।

यसैबीच, इनरुवा मालपोत कार्यालय परिसरबाट केही व्यक्तिलाई पक्राउ गरिएको विषयमा नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन सुनसरीले आपत्ति जनाएको छ । एसोसिएसनले लेखापढी व्यवसायीलाई बिना कारण नियन्त्रणमा लिइएको दाबी गर्दै घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

तपाइको प्रतिक्रिया
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.