ओलीमाथि अनुसन्धान गर्न थप दुई दिन म्याद, अस्पतालमै बयान जारी

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत्र १९, बिहीबार २०:१८

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग सम्बन्धित प्रकरणको अनुसन्धान अघि बढाउन जिल्ला अदालत काठमाडौंले प्रहरीलाई थप दुई दिनको म्याद दिएको छ ।

प्रहरीले अनुसन्धानका लागि १० दिनको म्याद माग गरेको भए पनि अदालतले हाललाई दुई दिन मात्र थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । प्रहरीका अनुसार घटनासँग सम्बन्धित कागजात संकलन, प्रशासनिक निर्णयको अध्ययन र विभिन्न व्यक्तिहरूको बयान लिने कामका लागि थप समय आवश्यक परेको थियो ।

Advertisement

तर, अदालतले उपलब्ध विवरण र अवस्थालाई हेरेर सीमित म्याद मात्र स्वीकृत गरेको छ । यसैबीच, स्वास्थ्य अवस्था कमजोर रहेको र चिकित्सकको निगरानी आवश्यक पर्ने भएपछि ओलीको बयान शिक्षण अस्पतालमै लिइँदैछ ।

अस्पतालमै चिकित्सकीय निगरानीमा बयान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । जेनजी आन्दोलनका क्रममा भदौ २३ गते भएको गोली प्रकरणसँग जोडेर राजनीतिक नेतृत्वको भूमिका बारे प्रश्न उठेपछि ओलीमाथि अनुसन्धान अघि बढाइएको हो । भदौ २३ र २४ मा आन्दोलन हुँदा ओली प्रधानमन्त्री थिए ।

सोही विषयमा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बयान लिइएको र दुवै जनाले राजनीतिक नेतृत्वको प्रत्यक्ष भूमिका नरहेको भन्दै इन्कारी बयान दिएको बताइएको छ । पूर्वगृहमन्त्री लेखकको बयान भने पूरा भइसकेको छ । प्रहरीले जारी रहेकाले सबै प्रमाण तथा बयान संकलनपछि निष्कर्षमा पुगिने जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.