बिपी स्मृति अस्पतालमा डा. शेखरको आग्रह: ‘दोष होइन, अब समाधान खोजौँ’

Share this
785shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत्र २१, शनिबार १२:२०

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बिपी स्मृति सहकारी अस्पताललाई नयाँ गति र सोचका साथ अगाडि बढाउनुपर्नेमा जोड दिएका छन् ।

अस्पतालको १८ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले संस्थाभित्र जारी आरोप–प्रत्यारोपको शृङ्खला अन्त्य गरी सहकार्यको बाटो रोज्न सबैलाई आह्वान गरे ।

कार्यक्रमका प्रमुख अतिथि डा. कोइरालाले संस्थाले १८ वर्षको लामो यात्रा तय गरिसक्दा पनि अपेक्षित सफलता हासिल गर्न नसकेको यथार्थ स्वीकार गरे । ‘संस्थाले १८ वर्षमा जति फड्को मार्नुपथ्र्याे, त्यति हुन सकेको छैन,’ उनले भने, ‘अब विगतलाई कोट्याएर एक अर्कालाई दोष लगाउने समय होइन । कसैलाई गाली गरेर संस्था उक्सिँदैन, अबको बाटो भनेको कमजोरी सुधार्दै अगाडि बढ्नु नै हो ।’

उनले अस्पताल सुधारका लागि गठित कार्यदललाई पनि ‘कसले के गरेन’ भन्नुभन्दा पनि ‘अब के गर्ने’ भन्ने ठोस योजना ल्याउन आग्रह गरे । डा. कोइरालाले थपे, ‘अल्झिने समय छैन, हाम्रो ध्यान संस्थालाई कसरी राम्रो बनाउने भन्नेमै केन्द्रित हुनुपर्छ ।’

अस्पतालका पूर्वअध्यक्ष डा. केदार नर्सिङ केसीले संस्थालाई राजनीतिक चस्माले हेर्न नहुने तर्क गरे । अस्पताल एउटा विशुद्ध सामाजिक उत्तरदायित्व बोकेको संस्था भएको चर्चा गर्दै उनले राजनीतिक खिचातानीले संस्थाको मनोबल गिराउने चेतावनी दिए ।

‘यो राजनीति गर्ने थलो होइन, सामाजिक सेवा गर्ने मन्दिर हो,’ डा. केसीले भने, ‘हामीमा दृढ इच्छाशक्ति र सामाजिक मनोबल छ भने संस्थालाई संकटबाट जोगाउन सकिन्छ । आत्तिनुपर्ने अवस्था छैन, मात्र काम गर्ने शैलीमा सुधार आवश्यक छ ।’

डा. केसीले संस्था सुधार्न ठुला छानबिन समितिभन्दा पनि सञ्चालक र सदस्यहरूको सफा नियत महत्त्वपूर्ण हुने बताए । उनले भने, ‘विगतका तिता–मिठा अनुभव बिर्सिएर सबै एकजुट हुने हो भने तीन जना मिलेर पनि संस्थालाई उचाइमा पुर्‍याउन सकिन्छ । आफू जहाँ रहे पनि यो अस्पतालसँगको आबद्धता र भावनात्मक सम्बन्ध सदैव अटुट रहने छ ।’

साधारण सभामा सहभागी अन्य वक्ताहरूले पनि अस्पतालको सेवालाई गुणस्तरीय बनाउँदै बिपी कोइरालाको नाम र आदर्शलाई जोगाउन अस्पताललाई नमुना स्वास्थ्य संस्थाका रूपमा विकास गर्नुपर्नेमा जोड दिएका थिए ।

तपाइको प्रतिक्रिया
पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा बिहान हुस्सु
यस्तो छ विदेशी मुद्राको विनिमय दर 
विदेशी मुद्राको विनिमयदर, कुन देशको कति ?
कांग्रेसको महामन्त्रीमा भिड्दै डा. सुनील शर्मा, यस्ता छन् एजेन्डा
कोशीका विभिन्न जिल्लाबाट फरार ८ जना  प्रतिवादी पक्राउ
प्रहरीमाथि आक्रमण गर्नेहरु पक्राउ
सुकुना क्याम्पसद्वारा १३८ विद्यार्थीलाई आठ लाख ६१ हजार छात्रवृत्ति
बीपीको पहिलो सार्वजनिक सम्बोधनस्थलमा हुँदै कांग्रेस महाधिवेशन उद्घाटन
काँकडभिट्टामा भारतीय चिट्ठाको जालो, घरबाटै बरामद भयो १ हजार ३ सय थान
मधेशमा दुई महिनामा विपद्का ४५९ घटना, ९२ जनाको मृत्यु
श्रम ऐन संशोधनसहित उद्योगमैत्री नीति बनाउन मोरङ उद्योग व्यापार संघको माग
श्रम ऐन संशोधनसहित उद्योगमैत्री नीति बनाउन मोरङ उद्योग व्यापार संघको माग
विराटनगरको हाजी आँखा अस्पताल : सञ्चालक गुप्तामाथि यस्तो आरोप
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×