
काठमाडौँ । नेकपा (एमाले) ले राष्ट्रिय सभाको रिक्त उपाध्यक्ष पदका लागि लीला कुमारी भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
राष्ट्रिय सभा संसदीय दलको आज (आइतबार) बसेको बैठकले भण्डारीलाई उम्मेदवार बनाउने आधिकारिक निर्णय गरेको सांसद सोमनाथ पोर्तेलले जानकारी दिए।
निर्वाचन कार्यतालिका अनुसार आजै उम्मेदवारी दर्ताको समय तोकिएको छ। यसअघि एमालेकै विमला सुवेदी उपाध्यक्ष पदमा कार्यरत थिइन्।
उनको ६ वर्षे कार्यकाल पूरा भएपछि यो पद रिक्त भएको थियो। एमालेले रिक्त पदमा आफ्नै दलकी सदस्यलाई निरन्तरता दिने गरी भण्डारीको नाम अघि सारेको हो।



















