विशेष महाधिवेशन माग गर्ने पक्षलाई कार्यवाहक अध्यक्ष बादलले बोलाए

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत्र २४, मंगलबार १४:०५

काठमाडौं। नेकपा (एमाले) भित्र नेतृत्व परिवर्तन र विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर अभियान चलाइरहेका नेताहरूलाई कार्यवाहक अध्यक्ष रामबहादुर थापा ‘बादल’ले छलफलका लागि बोलाएका छन्। मंगलबार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा उनीहरूलाई छलफलका लागि बोलाइएको हो।

अनेरास्ववियुका उपमहासचिव कमल जोशीका अनुसार विशेष महाधिवेशनको मागसहित हस्ताक्षर अभियानमा संलग्न टोलीलाई नै छलफलका लागि खबर आएको हो। हस्ताक्षर अभियानको नेतृत्व गरिरहेका एमाले निकट नेपाल बौद्धिक परिषद्का अध्यक्ष गजेन्द्र थपलियाले पनि च्यासलमा छलफलका लागि बोलाइएको पुष्टि गरेका छन्।

Advertisement

गत चुनावमा पार्टीले व्यहोरेको नतिजालाई लिएर एमालेका युवा, विद्यार्थी र बुद्धिजीवीहरूले असन्तुष्टि जनाउँदै आएका छन्। उनीहरूले समयानुकूल नयाँ नेतृत्व निर्माण गर्नुपर्ने र अध्यक्ष केपी शर्मा ओलीको विकल्प खोज्नुपर्ने माग राख्दै हस्ताक्षर संकलन सुरु गरेका थिए।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.