
विराटनगर । कोशी प्रदेशमा कार्यरत नेपाल प्रहरीका १ सय ९७ जना असई (प्रहरी सहायक निरीक्षक)को सरुवा भएको छ ।
कोशी प्रदेश कार्यालय विराटनगरले मंगलबार प्रदेशभित्रकै एक ठाउँबाट अर्को ठाउँमा असईहरुको सरुवा गरेको हो । कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी विनोद घिमिरेले गरेको सरुवामा परेकाहरुले २०८३ साल वैशाखदेखिको तलब भत्ता हाल सरुवा भएको दरबन्दीबाट पाउने छन् ।
यसअघि सोमबार कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले १८ जना वरिष्ठ सई (प्रहरी वरिष्ठ नायव निरीक्षक) र ४१ जना सई (प्रहरी नायव निरीक्षक)को सरुवा गरेको थियो ।
यी हुन् सरुवामा पर्नेहरु
























