उपसभामुखका लागि उम्मेदवारी दिने श्रम संस्कृति पार्टीको तयारी

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत्र २६, बिहीबार १३:४९

काठमाडौं । श्रम संस्कृति पार्टीले प्रतिनिधिसभाको उपसभामुख पदका लागि उम्मेदवारी दर्ता गर्न मनोनयन फारम लगेको छ। सिंहदरवारस्थित कानुन, न्याय तथा मानव अधिकार समितिको हल (कोठा नम्बर २) मा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयबाट सो पार्टीले फारम लगेको हो।

सङ्घीय संसद् सचिवालयका अनुसार आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ। यद्यपि, दिउँसो साढे १२ बजेसम्म कसैले पनि औपचारिक रूपमा उम्मेदवारी दर्ता गराइसकेका छैनन्। दलहरू आन्तरिक छलफल र साझा उम्मेदवार चयनको कसरतमा रहेका कारण मनोनयन दर्तामा केही ढिलाइ भएको बुझिएको छ।

Advertisement

उपसभामुखका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरस्वती लामालाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ भने श्रम संस्कृति पार्टीले पनि आफ्नै उम्मेदवार खडा गर्ने तयारी स्वरूप फारम लगेको हो। प्राप्त उम्मेदवारको सूची आजै दिउँसो साढे २ बजे प्रकाशन गर्ने र भोलि शुक्रबार निर्वाचन गर्ने कार्यतालिका रहेको छ। सभामुखमा पुरुष निर्वाचित भइसकेकाले उपसभामुखमा महिला सांसदको मात्र उम्मेदवारी दर्ता हुनेछ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.