दुवै सदनको अधिवेशन शुक्रबारबाट अन्त्य

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत्र २६, बिहीबार १७:२०

काठमाडौं । संघीय संसद्को दुवै सदनको अधिवेशन अन्त्य हुने भएकाे छ । चैत २४ गतेको मन्त्रिपरिषद्को सिफारिसअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले दुवै सदनको अधिवेशन अन्त्य गरेका हुन् । राष्ट्रपति कार्यालयका अनुसार अधिवेशन अन्त्य शुक्रबार राति १२ बजेदेखि लागू हुनेछ ।

‘… राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८२/१२/२४ को सिफारिसमा संवत् २०८२ साल चैत २७ गते शुक्रबार राती १२:०० बजेदेखि लागू हुने गरी संघीय संसदको दुवै सदनको चालु अधिवेशन अन्त्य गर्नुभएको छ’ राष्ट्रपति कार्यालयको पत्रमा उल्लेख छ ।

Advertisement

राष्ट्रपति पौडेलले भोलि संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दैछन् । निर्वाचनपछिको संघीय संसद्को पहिलो बैठकलाई राष्ट्रपतिले सम्बोधन गर्ने परम्परा छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.