
काठमाडौं । राष्ट्रपति कार्यालयले मन्त्रिमण्डलको कार्यविभाजन हेरफेर गरेको छ । प्रधानमन्त्री बालेन्द्र शाहबालेनले बिहीबार श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साहलाई बर्खास्त गरेपछि कार्यविभाजन हेरफेर भएको हो ।
राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा प्रधानमन्त्री बालेनसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाहेक तीन मन्त्रालयको जिम्मेवारी रहेको उल्लेख छ । उनीसँग रक्षा मन्त्रालय, उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी छ ।
अन्य १३ जना मन्त्रीको जिम्मेवारी यथावत छ ।
रास्वपा सभापति रवि लामिछानेले श्रममन्त्री साहले मन्त्री पदमा बहाल रहँदा पदीय मर्यादाको दुरुपयोग गरी श्रीमतीलाई लामो समयदेखि निष्क्रिय रहेको स्वास्थ्य बीमा बोर्डको सदस्यका रूपमा नियमित कार्यमा संलग्न गराएको भन्दै कारबाहीका लागि प्रधानमन्त्रीसमक्ष सिफारिस गरेका थिए । सोही सिफारिसका आधारमा प्रधानमन्त्रीले बिहीबार साहलाई पदमुक्त गरेका थिए ।



















