उपसभामुखमा श्रम संस्कृतिकी उम्मेदवार रुबीलाई नेकपाको समर्थन

Share this
739shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत २७, शुक्रबार १७:४१

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले उपसभामुखको निर्वाचनमा श्रम संस्कृति पार्टीकी उम्मेदवार रुबीकुमारी ठाकुरलाई समर्थन गर्ने निर्णय गरेको छ। शुक्रबार प्रतिनिधिसभामा हुन लागेको निर्वाचनमा नेकपाले ठाकुरको पक्षमा मतदान गर्ने पार्टी निर्णय भएको सांसद रमेश मल्लले जानकारी दिए।

सांसद मल्लका अनुसार सभामुखजस्तै उपसभामुख पद पनि सर्वसम्मत गराउने प्रयास सफल हुन नसकेपछि पार्टीले ठाकुरलाई समर्थन गर्ने निर्णय लिएको हो। ‘सभामुखजस्तै उपसभामुख पनि सर्वसम्मत गर्न सकेको भए धेरै राम्रो हुने थियो, तर त्यो सम्भव भएन,’ मल्लले भने, ‘हाम्रो पार्टीले रुबीकुमारी ठाकुरलाई समर्थन गर्छ। राजनीतिमा मूल्य र इमानको ठूलो महत्त्व हुन्छ।’

श्रम संस्कृति पार्टीबाट उम्मेदवार बनेकी ठाकुरलाई सत्तापक्षीय दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि समर्थन गरिसकेको छ। उपसभामुखका लागि ठाकुर र राप्रपाकी सरस्वती लामाबीच प्रतिस्पर्धा हुँदैछ। निर्वाचनमा नेकपाका १७ सांसदहरूको मत निर्णायक रहने देखिएको छ।

तपाइको प्रतिक्रिया
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
‘साउदीको अमेजनका गोदाममा नेपालीसहितका श्रमिक शोषणमा’
मोरङमा सेप्टिक ट्यांकीभित्र बालकको शव फेला
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.