प्रतिनिधिसभाका १० विषयगत समितिमा सदस्य मनोनयन (सूचीसहित)

Share this
669shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत २७, शुक्रबार २०:०४
प्रतिनिधिसभाका १० विषयगत समितिमा सदस्य मनोनयन

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाका १० वटा विषयगत समितिमा सदस्यहरूको मनोनयन प्रक्रिया सम्पन्न भएको छ । शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकले यी समितिमा रहने सदस्यहरूको नाम अनुमोदन गरेको हो ।

बैठकमा सभामुखद्वारा प्रस्तावित नामलाई सभाले सर्वसम्मतिले स्वीकृत गरेको थियो । संसदीय अभ्यासलाई प्रभावकारी बनाउन र विधेयकहरूको दफावार छलफललाई तीव्रता दिन यी समितिहरूको भूमिका महत्त्वपूर्ण रहन्छ ।

मनोनयन भएका १0 विषयगत समितिमा अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानुन, न्याय तथा मानव अधिकार समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, महिला तथा सामाजिक मामिला समिति, राज्य व्यवस्था तथा सुशासन समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, पूर्वाधार विकास समिति र सार्वजनिक लेखा समिति रहेको छ ।

समितिमा सदस्यहरूको मनोनयनसँगै अब संसद्मा आएका विभिन्न विधेयकहरूमाथि विस्तृत छलफल गर्ने बाटो खुलेको छ । यसका साथै सरकारका कामकारबाहीको निगरानी र अनुगमन गर्ने संसदीय समितिको महत्त्वपूर्ण जिम्मेवारीले अब गति लिने अपेक्षा गरिएको छ ।

समिति सदस्यहरूको चयन भएसँगै अब चाँडै नै समितिका सभापतिहरूको चयन प्रक्रिया समेत अघि बढ्ने संसद् सचिवालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.