कांग्रेस संसदीय दलको नेता चयन वैशाख ४ गते

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत्र २९, आइतबार १७:१३

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा संसदीय दलको नेता चयनका लागि वैशाख ४ गतेको मिति तय गरेको छ । पार्टीका सहमहामन्त्री एवं निर्वाचन समितिका संयोजक प्रकाश रसाइली ‘स्नेही’का अनुसार निर्वाचनको विस्तृत कार्यतालिका भने वैशाख २ गते सार्वजनिक गरिनेछ ।

दलको नेता चयनका लागि पार्टीभित्र सहमतिको प्रयास भइरहेको नेता रसाइलीले बताए । ‘नेतृत्वले सहमतिका लागि प्रयास जारी राखेको छ, तर प्रक्रियामा त जानैपर्छ,’ उनले भने, ‘एकल उम्मेदवारी परे सर्वसम्मत हुनेछ, नभए लोकतान्त्रिक विधिबाट मतदानमार्फत प्रतिपक्षी दलको नेता छानिनेछ ।’

Advertisement

संसदीय दलको नेताका लागि अर्जुननरसिंह केसी, भीष्मराज आङ्देम्बे र मोहन आचार्यलगायतका सांसदहरूले आकांक्षा देखाउँदै आन्तरिक दौडधुप तीव्र पारेका छन् । निर्वाचन समितिले वैशाख २ गते तालिका सार्वजनिक गरेपछि उम्मेदवारी दर्ता लगायतका प्रक्रिया अघि बढ्नेछ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.