अदालत होइन, महाधिवेशनतिर ध्यान केन्द्रित गरौँ: महामन्त्री पौडेल

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत्र २९, आइतबार १७:२८

दाङ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीभित्रका असन्तुष्टि र आन्तरिक विवादलाई लिएर अदालत वा मुद्दा मामिलामा नलाग्न पूर्व संस्थापन पक्षलाई आग्रह गरेका छन् । आइतबार दाङमा आयोजित निर्वाचन समीक्षा कार्यक्रममा बोल्दै उनले अबको सम्पूर्ण ध्यान आगामी महाधिवेशनमा केन्द्रित गर्नुपर्नेमा जोड दिए ।

‘यो समय मुद्दा मामिलाको होइन, महाधिवेशनको हो,’ महामन्त्री पौडेलले भने, ‘महाधिवेशनको मिति घोषणा भएर प्रक्रिया अघि बढिसकेको छ । असन्तुष्टिका विषयहरूलाई महाधिवेशनकै मञ्चमा लगेर छलफल गर्नुमै सबैको हित हुन्छ ।’ उनले अदालत धाउनु भन्दा महाधिवेशनमा सहभागी भएर आफ्ना एजेन्डा राख्न साथीहरूलाई सुझाए ।

Advertisement

महाधिवेशनले पार्टीमा नयाँ ऊर्जा र गति दिने विश्वास व्यक्त गर्दै पौडेलले यसले सबै पक्षलाई समेटेर लैजाने समेत बताए । महाधिवेशनको प्रक्रिया सुरु भइसकेकाले अबको समय संगठन सुदृढीकरण र नेतृत्व छनोटमा खर्चिनुपर्ने उनको भनाइ थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.