कार्यकर्ताले गरे अमरेशकाे विरोध 

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत्र ३०, सोमबार १५:२१

जनकपुर । महोत्तरीको जलेश्वरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद अमरेशकुमार सिंहविरुद्ध आफ्नै पार्टीका कार्यकर्ताले विरोध प्रदर्शन गरेका छन् । सिंह जलेश्वरस्थित प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख लगायत अन्य सरकारी कार्यालयको प्रमुखसँग प्रशासन कार्यालयमा छलफल गरिरहेको बेला उनीविरुद्ध कार्यकर्ताहरूले नाराबाजी गरेका हुन् ।

स्थानीय नेता कार्यकर्तासँग कुनै समन्वय नगरी सरकारी कार्यालयका प्रमुखहरूसँग छलफल गरेको भन्दै उनीहरू रुष्ट बनेका हुन् । उनीहरूले  ‘अमरेश सिंह मुर्दावाद’ लगायतको नारा लगाएका थिए । बैठक कक्षमै प्रवेश गर्न खोजेका नेता कार्यकर्तालाई भने प्रहरीले रोकेको छ ।

Advertisement

रास्वपाका स्थानीय कार्यकर्ता प्रकाश पाठक लगायतका कार्यकर्ताहरूले विरोध प्रदर्शनमा गरेका थिए । सिंह सर्लाही–४ का निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।

तपाइको प्रतिक्रिया
सामान्य विवाददेखि गोलीकाण्डसम्म : कप्तानगन्जमा कहाँ चुक्यो राज्य ?
कप्तानगन्ज घटनापछि सुरक्षामा व्यापक हेरफेर : कोशीका डीआईजी, सुनसरीका सीडीओ र एसपीलाई जिम्मेवारीबाट हटाइयो
कप्तानगञ्ज गोलीकाण्डबारे मानव अधिकार आयोगले सुरु गर्‍यो अनुसन्धान
१२ अर्ब ६३ करोडको अलैंची निर्यात
साताको पहिलो दिन नेप्से ३३ अङ्कले घट्यो, ६ अर्ब बढीको कारोबार
जटिल बन्दै सुनसरीको सुरक्षा अवस्था : जथाभावी आक्रमण, आगजनी र तोडफोड
कप्तानगन्ज घटनापछि सर्वदलीय प्रतिबद्धता : सद्भाव जोगाउन सबै पक्ष एक ठाउँमा
कप्तानगञ्ज घटना : सांसद साहद्वारा सुरक्षा अधिकारीहरूमाथि कारबाही माग
सरकारी विज्ञापनमा ‘एकद्वार प्रणाली’ लागू गर्ने सरकारको निर्णय सर्वोच्चद्वारा खारेज
सांसदलाई पीए सुविधा : सर्वोच्चले माग्यो सरकारसँग लिखित जवाफ
मालवाहक गाडी फस्दा केचना–कञ्चनजङ्घा करिडोर अवरुद्ध
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×