मन्त्रीहरूको सम्पत्ति स्रोत छानबिनको माग गर्दै प्रदर्शन

Share this
671shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत्र ३०, सोमबार १५:५४

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को एकल सरकारका मन्त्रीहरूले सार्वजनिक गरेको सम्पत्ति विवरणलाई लिएर विभिन्न प्रश्न उठ्न थालेको छ ।

अत्यधिक सम्पत्ति देखिएको भन्दै त्यसको स्रोत छानबिन हुनुपर्ने माग पनि बढ्न थालेको छ । मन्त्रीहरूले सार्वजनिक गरेको सम्पत्ति विवरण अस्वाभाविक रहेको भन्दै विभिन्न पक्षबाट शंका व्यक्त भइरहेका बेला अखिल क्रान्तिकारीले काठमाडौंको माइतीघरमा प्रदर्शन गर्दै सम्पत्तिको स्रोत सार्वजनिक गर्नुपर्ने माग अघि सारेको छ ।

Advertisement

प्रदर्शनका क्रममा सहभागीहरूले विभिन्न नारा लेखिएका प्ले कार्डहरू बोकेका थिए । उनीहरूले मन्त्रीहरूको सम्पत्ति विवरण मात्र नभएर त्यसको आम्दानीको स्रोत पनि स्पष्ट पारिनुपर्ने माग राखेका थिए । प्रदर्शनकारीहरूले सम्पत्ति विवरणमा पारदर्शिता नदेखिएको भन्दै स्वतन्त्र छानबिन आवश्यक रहेको बताएका छन् ।

प्रदर्शनमा देखाइएका प्ले कार्डहरूमा सरकार र मन्त्रीहरूमाथि लक्षित आलोचनात्मक नारा लेखिएका थिए । सहभागीहरूले मन्त्रीहरूको सम्पत्तिको स्रोतका बारेमा अनुसन्धान गरी सत्य तथ्य सार्वजनिक गर्न सरकारलाई आग्रह गरेका छन् ।

उनीहरूले सार्वजनिक पद धारण गरेका व्यक्तिहरूको सम्पत्तिमा पारदर्शिता अनिवार्य हुनुपर्ने भन्दै त्यसलाई गम्भीर रूपमा लिनुपर्ने धारणा समेत राखेका छन् । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)सहित मन्त्रीहरुको सम्पत्ति सार्वजनिक गरिएपछि सामाजिक तथा राजनीतिक वृत्तमा बहस चुलिँदै गएको छ ।

तपाइको प्रतिक्रिया
विराटनगरको रथयात्राका क्रममा हालसम्म ९० जना पक्राउ
विराटनगरको रथयात्राका क्रममा ७५ जना पक्राउ
विराटनगरमा ऐतिहासिक राधाकृष्ण रथयात्रा जारी
बाढीमा ज्यान गुमाएका सशस्त्र प्रहरीका परिवारलाई २५ लाख
बाढीपीडितका नाममा आफ्नै क्युआरबाट रकम उठाएको आरोपमा एक जना पक्राउ
भिडियो भाइरल भएपछि विराटनगरबाट दुई युवक पक्राउ, किशोरीले नै भनिन्– ‘दुर्व्यवहार भएको छैन’
विराटनगरमा सुरु भयो ऐतिहासिक राधाकृष्ण रथयात्रा (फोटाहरुसहित)
अमेरिकी दूतावासको ट्राभल एडभाइजरी : रसुवागढी-टिमुरे क्षेत्र ‘लेभल–४’मा
बाढी प्रभावित क्षेत्रमा खोज-उद्धारमा कमी हुन नदिन आईजीपीको निर्देशन
छुट्टाछुट्टै आक्रमणमा २६ जनाको मृत्यु
बाढीले पुरिएको घरबाट एक महिलाको जीवितै उद्धार
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×