मन्त्रिपरिषद्‍मा व्यापक हेरफेर

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख २, बुधबार १३:०१

पोखरा । गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद्‍मा बुधबार व्यापक हेरफेर गरिएको छ । मुख्यमन्त्री सुरेन्द्र पाण्डेको सिफारिसमा प्रदेश प्रमुख डिल्ली भट्टले ८ जना नयाँ मन्त्रीलाई शपथ गराएका छन् ।

एमाले र कांग्रेसको गठबन्धन सरकारमा दुवै दलबाट ४–४ जना मन्त्री थपिएका छन् । एमालेबाट गोविन्दबहादुर नेपाली भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री, यशोदा रिमाल उद्योग तथा पर्यटन मन्त्री, लक्ष्मण पाण्डे कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री र भीम कार्की स्वास्थ्य मन्त्री नियुक्त भएका छन् ।

Advertisement

नेपाली कांग्रेसबाट जित शेरचन अर्थ मन्त्री, नन्दप्रसाद न्यौपाने ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री, नम्डु गुरुङ सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री र रेखा गुरुङ वन तथा वातावरण मन्त्री बनेका छन् ।

गण्डकी प्रदेशमा सबै मन्त्री फेरिएका हुन् । यसअघि कृषिमा पद्मा जिसी, स्वास्थ्यमा कृष्ण पाठक, भौतिकमा प्रकाश केसी र पर्यटनमा मित्रलाल बस्याल मन्त्री थिए ।

यसअघि अर्थमा डा. टकराज गुरुङ, सामाजिकमा विन्दुकुमार थापा र वनमा भेषबहादुर पौडेल मन्त्री थिए भने ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय भने मुख्यमन्त्री सुरेन्द्र पाण्डेले नै सम्हाल्दै आएका थिए । गण्डकीको मन्त्रिपरिषद् ९ सदस्यीय रहेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.