
काठमाडौं । पार्टीका नेता पूर्णबहादुर खड्कालाई नेपाली कांग्रेसले सात दिनभित्र स्पष्टीकरण दिन निर्देशन दिएको छ । पार्टी केन्द्रीय अनुशासन समितिको सानेपास्थित केन्द्रीय कार्यालयमा बसेको बैठकले खड्काले पार्टीको नक्कली लेटरप्याड प्रयोग गरेको र आफूले नपाएको जिम्मेवारी उल्लेख गर्दै अनधिकृत वक्तव्य जारी गरेको ठहर गरेको हो ।
अनुशासन समितिका सचिव दिनेश थापामगरका अनुसार खड्काले २०८२ चैत १४ गते पार्टीको आधिकारिक जस्तो देखिने लेटरप्याड प्रयोग गरी वक्तव्य सार्वजनिक गरेका थिए । साथै, २०८२ चैत ३० गते पनि बिना अधिकार प्रेस विज्ञप्ति जारी गरिएको पाइएको समितिले जनाएको छ ।
उक्त कार्य पार्टी विधानविपरीत भएको निष्कर्षसहित नेपाली कांग्रेसको विधान २०१७ (संशोधनसहित)को धारा ३४ अनुसार खड्कासँग सात दिनभित्र स्पष्ट जवाफ मागिएको हो ।




















