काठमाडौंका युवा भारत पुगेर आउँदै गर्दा विराटनगरबाट पक्राउ

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख २, बुधबार १७:५४

विराटनगर । भारत पुगेर आउँदै गरेका काठमाडौं घर भएका एक जना युवालाई प्रहरीले बुधबार दिउँसो विराटनगरबाट पक्राउ गरेको छ ।

भारतको जोगवनीबाट लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन) लिएर आउँदै गर्दा काठमाडौं महानगरपालिका–२६ का ३१ वर्षीय सयल थापामगर पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण ब्यूरो विराटनगरको संयुक्त टोलीले थापामगरलाई विराटनगर महानगरपालिका–१५ स्थित २ नम्बर ढाटबाट दिउँसो ३ः३० बजेतिर पक्राउ गरेको हो ।

Advertisement

भारतबाट नेपालतर्फ पैदल नै आउँदै गरेका उनलाई शंका लागेपछि प्रहरीले रोकेर चेकजाँच गरेको थियो । शरीर खानतलासी गर्दा उनको साथबाट ब्राउन सुगर २० ग्राम ५५० मिलिग्राम बरामद भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय रानीको हिरासतमा राखिएका थापामगरविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ । यस विषयमा इलाका प्रहरी कार्यालय रानीका इन्स्पेक्टर कविन राई नेतृत्वको टोलीले थप अनुसन्धान गरिरहेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.