प्रहरीद्वारा १ हजार ९७ जनाको आपराधिक ‘प्रोफाइल’ तयार

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख ४, शुक्रबार १७:३४

काठमाडौं । काठमाडौं प्रहरीले आपराधिक गतिविधिमा संलग्न तथा संलग्न हुनसक्ने आशंकामा रहेका १ हजार ९७ जनाको विस्तृत ‘प्रोफाइल’ तयार गरेको छ ।

काठमाडौं प्रहरीका प्रवक्ता, एसपी पवन भट्टराईका अनुसार लागुऔषध कारोबार, चोरी, गुन्डागर्दी र अन्य आपराधिक क्रियाकलापमा जोडिएका व्यक्तिहरूलाई केन्द्रमा राखेर ‘प्रोफाइलिङ’ गरिएको हो । प्रहरीले अनुसन्धानका क्रममा अपराधसँग प्रत्यक्ष वा अप्रत्यक्ष सम्बन्ध देखिएका र शंकास्पद गतिविधिमा संलग्न देखिएका व्यक्तिहरूको पृष्ठभूमि, सम्पर्क सञ्जाल र गतिविधिको विवरण संकलन गरी अभिलेख तयार पारेको जनाएको छ ।

Advertisement

यसले भविष्यमा अपराध नियन्त्रण र अनुसन्धानलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ । यससँगै, प्रहरीले हिरासतबाट भागेका व्यक्तिहरूको विवरणसमेत अद्यावधिक गर्दै डिजिटल प्रणालीमा राखेको छ ।

कागजात अभावको कारण खुलेआम हिँडिरहेका फरार व्यक्तिहरूको पहिचान र निगरानीलाई सहज बनाउन यो कदम चालिएको प्रहरीले जनाएको छ । त्यस्तै, विभिन्न घटनासँग सम्बन्धित ३ हजार २७२ वटा फाइलहरू डिजिटल माध्यममा रूपान्तरण गरिएको छ । यसले पुराना अभिलेखहरूको व्यवस्थापन, खोजी र विश्लेषणलाई छिटो एवं व्यवस्थित बनाउने एसपी भट्टराईको भनाइ छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.