
विराटनगर । नेपाली बजारमा आज (सोमबार) सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलाको १ हजार ३ सय रूपैयाँले घटेको छ । भाउ घटेसँगै सुन प्रतितोला २ लाख ९९ हजार ७ सय रूपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुनको मूल्य तोलाको ३ लाख १ हजार रुपैयाँ थियो ।
त्यसतै, चाँदीको मूल्य तोलाको ३५ रूपैयाँले घटेको छ । भाउ घटेसँगै चाँदी प्रतितोला ५ हाजर १ सय ९० रूपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदीको मूल्य तोलाको ५ हजार २ सय २५ रूपैयाँ थियो ।



















