विराटनगरबाट घरेलु मदिरासहित एक जना पक्राउ

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख ८, मंगलबार ०६:४६

विराटनगर । विराटनगरबाट अवैध घरेलु मदिरा ओसारपसारमा संलग्न एक युवक पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले सोमबार अपराह्न करिब ४ः५० बजे विराटनगर महानगरपालिका–३ स्थित वडा कार्यालय नजिक शंकास्पद अवस्थामा रहेको को २ ह १८६९ नम्बरको अटो रोकेर जाँच गर्दा ठूलो परिमाणमा मदिरा फेला पारेको थियो । प्रहरीका अनुसार अटोबाट ४३ ग्यालेन (४ सय २५ लिटर) अवैध घरेलु मदिरा बरामद भएको छ ।

Advertisement

मदिराको अनुमानित मूल्य ४२ हजार ५ सय रुपैयाँ रहेको प्रहरीले जनाएको छ । मदिरा ओसारपसारमा प्रयोग गरिएको अटोको मूल्य करिब १ लाख ५० हजार रुपैयाँ आकलन गरिएको छ ।

बरामद मदिरा र अटो गरी १ लाख ९२ हजार ५ सय रुपैयाँ बराबरको सामग्री नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उक्त अटोका चालक विराटनगर–५ का २४ वर्षीय नितेश अमात्यलाई समेत नियन्त्रणमा लिइएको छ ।

बरामद गरिएको मदिरा र नियन्त्रणमा लिइएको अटोसहित अमात्यलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि आन्तरिक राजश्व कार्यालय विराटनगर पठाइएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.