
विराटनगर । नेपाल बजारमा मंगलबार (आज) सुनको मूल्य बढेको छ। बजारमा सुनको मूल्य प्रतितोला १ हजार ६ सय रुपैयाँले बढेको छ भने चाँदी ३० रुपैयाँ प्रतितोला घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख १ हजार ३ सय रुपैयाँमा कायम भएको जनाएको छ । यसअघि सोमबार सोही परिणाम बराबर सुनको मूल्य २ लाख ९९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।
उता, आज चाँदीको मूल्य भने घटेको छ। चाँदी ३० रुपैयाँले घटेर प्रतितोला ५ हजार १ सय ६० रुपैयाँ कायम भएको । सोमबार सोही परिणाम बराबरको चाँदी ५ हजार १ सय ९० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।


















