
काठमाडौं । सुदन किराँतीले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) छाडेका छन् । उनले पार्टीको साधारण सदस्यसमेत नरहने गरी औपचारिक रूपमा राजीनामा दिएका हुन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफ्नो निर्णय सार्वजनिक गर्दै करिब पाँच महिनाको राजनीतिक यात्रा यतिमै टुंगिएको बताएका छन् । किराँतीले यस अवधिमा पार्टीभित्र आफूलाई मार्गदर्शन गर्ने नेताहरू, सहकार्य गर्ने साथीहरू तथा सहयोग गर्ने कर्मचारीहरूप्रति आभार व्यक्त गरेका छन् ।
पार्टी छाडे पनि आफू राजनीतिबाट अलग नहुने उनले स्पष्ट पारेका छन् । भविष्यमा पनि देश र समाजप्रति उत्तरदायी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले आफ्नो राजनीतिक यात्रा निरन्तर रहने बताए ।



















