एमाले नेता मल्ललाई थुनामा पठाउन आदेश

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख ९, बुधबार १७:२०

काठमाडौं । बलात्कारको आरोप लागेका नेकपा (एमाले) कर्णालीका नेता कर्णबहादुर मल्ललाई जिल्ला अदालत ललितपुरले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

न्यायाधीश भगवती शर्मा ढुंगानाको इजलासले प्राप्त प्रमाणका आधारमा पछि ठहरे बमोजिम हुने गरी मल्ललाई थुनामा राख्न आदेश दिएको हो । एक महिलाको जाहेरीका आधारमा मल्लविरुद्ध बलात्कार तथा गर्भ संरक्षणविरुद्धको कसुरमा मुद्दा दर्ता गरिएको थियो ।

Advertisement

गायनका क्रममा चिनजान भएका मल्लले आफूमाथि जबर्जस्ती गरेको आरोप पीडितको छ । प्रहरीले गत चैत १४ गते मल्ललाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.