नेरुडे–मिर्मिरेको कर्जा अनुशासन तथा फिल्ड कार्यसम्पादन अभिवृद्धि तालिम

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख ९, बुधबार १७:३८

विराटनगर । नेरुडे–मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले फिल्ड सहायक कर्मचारीहरूका लागि कर्जा अनुशासन तथा फिल्ड कार्यसम्पादन अभिवृद्धि सम्बन्धी २ दिवसीय तालिम सम्पन्न गरेको छ ।

तालिममा कोशी प्रदेश कार्यक्षेत्र अन्तर्गतका ६७ वटा शाखा कार्यालयका १५६ जना कर्मचारीहरूको सहभागितामा रहेको थियो । प्रदेश मातहतका हिले, इटहरी, विराटनगर, उदयपुर, उर्लाबारी, बिर्तामोड, इलाम र फिदिम क्लष्टर कार्यालयहरुले अलगअगल स्थानमा तालिम आयोजना गरेका थिए ।

Advertisement

तालिमलाई व्यवस्थित बनाउन इटहरी, विराटनगर, दमक, बिर्तामोड, इलाम र लहानमा २–२ दिने आवासीय तालिम आयोजना गरिएको जनशक्ति व्यवस्थापन प्रमुख राजेश श्रेष्ठले जानकारी दिए । तालिमको मुख्य उद्देश्य फिल्ड सहायक कर्मचारीहरूको ज्ञान, सीप र व्यवहारमा सुधार ल्याई कर्जा असुली, भाखा नाघेको कर्जा व्यवस्थापन, केन्द्र बैठक सञ्चालनको गुणस्तर, ग्राहक सम्बन्ध व्यवस्थापन तथा संस्थाले जारी गरेका नीति निर्देशनहरूको प्रभावकारी कार्यान्वयनमा व्यावहारिक दक्षता अभिवृद्धि गर्नु रहेको थियो ।

तालिममा श्रोत व्यक्तिहरुको रुपमा दिनेश कटुवाल, राजु श्रेष्ठ, विर्खबहादुर बोहोरा, शम्भु घिसिङ, रघुनाथ सुवेदी र घनश्याम चौधरीको टिमले सहजीकरण गरेको थियो । तालिमबाट संस्थाको सेवा प्रवाहको गुणस्तर सुधार गर्ने, कर्जा व्यवस्थापन प्रणालीलाई सुदृढ बनाउने तथा ग्राहक सेवामा उत्कृष्टता हासिल गर्ने लक्ष्य राखेर संस्थाको कार्यक्षेत्र रहेका सातै प्रदेशमा फिल्ड सहायक कर्मचारीहरुलाई लक्षित गरी तालिम संचालन भइरहेको प्रमुख कार्यकारी अधिकृत केशवप्रसाद पौडेलले जानकारी दिए ।

राष्ट्रिय स्तरमा सञ्चालनमा रहेको यस नेरुडे–मिर्मिरे लघुवित्त संस्थाले हाल ६१ जिल्लामा २२५ शाखा कार्यालयमार्फत ३ लाख १४ हाजर बढी ग्राहक सदस्यहरुलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.