विराटनगरमा तास खेलिरहेका ६ जना पक्राउ

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख १०, बिहीबार ०८:१०

विराटनगर । विराटनगरमा तास खेलिरहेका ६ जना बुधबार राति पक्राउ परेका छन् । तास खेलिरहेका बेला उनीहरुलाई विराटनगर महानगरपालिका–९ सोमबारेबाट राति ८ बजेतिर पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा विराटनगर–६ का ५७ वर्षीय खगेन्द्र गिरी, ४२ वर्षीय लक्ष्मण सहनी, विराटनगर–१० का ६१ वर्षीय सुरेन्द्रबहादुर कार्की, विराटनगर–१२ का ५७ वर्षीय भरत प्रसाईं, ५६ वर्षीय राजु रन्जितकार र विराटनगर–१३ का ६२ वर्षीय एतनकुमार खड्का रहेका छन् । मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार खाली घरमा तास खेलिरहेको विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको इन्स्पेक्टर अभिषेक श्रेष्ठ नेतृत्वको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

Advertisement

पक्राउ परेकाको साथबाट तीन बुक तास, नेपाली ४४ हजार १ सय ६५ रूपैयाँ र भारतीय २ हजार ५ सय रूपैयाँ बरामद भएको एसपी कटवालले बताए । ‘एसीसमेत राखेर खाली घरमा तास खेल्नलाई व्यवस्थित ठाउँ बनाइएको रहेछ । त्यहाँ दैनिक रूपमा तास खेल्ने गरेको पाइयो,’ उनले भने ।

पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालयमा लगेर राखिएको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
महान्यायाधिवक्ताको योग्यता सम्बन्धी विवाद: सर्वोच्चद्वारा कारण देखाऊ आदेश जारी
रवि लामिछानेविरुद्धको रिटमा आज हुने भनिएको सुनुवाइ स्थगित
कोशी प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिताका लागि खेलाडी भोजपुर प्रस्थान
मन्त्रिपरिषद्का निर्णय: प्रहरी प्रतिष्ठानको जग्गा फिर्तादेखि वैदेशिक सहायता वार्ता टोलीसम्म
सरकारी सफ्टवेयर अध्ययनका लागि विवेक मिश्रको संयोजकत्वमा कार्यदल गठन
चैतमा विपद्का ९ सय घटना, ३० जनाको मृत्यु
इलाममा ध्वनि प्रदूषण गर्ने ८ मोटरसाइकल नियन्त्रणमा
विद्यार्थी संगठन खारेजीको विरोधमा विद्यार्थी सडकमा
इजरायल र लेबनानबीच दोस्रो चरणको शान्ति वार्ता आज, युद्धविराम लम्बिने सम्भावना
महान्यायाधिवक्ता कँडेलको योग्यता सम्बन्धी रिटमा आज सुनुवाइ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.