
विराटनगर । नेपाली बजारमा आज (बिहीबार) सुन र चाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ। बुधबार प्रतितोला ३ लाख ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा १ हजार ८ सय रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ९८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै, १० ग्राम छापावाल सुनको मूल्य २ लाख ५६ हजार ९० रुपैयाँ तोकिएको छ।
सुनसँगै चाँदीको मूल्य पनि आज घटेको छ। चाँदी तोलामा ११० रुपैयाँले घटेर प्रतितोला ५ हजार २० रुपैयाँमा किनबेच भइरहेको छ। १० ग्राम चाँदीको मूल्य भने ४ हजार ३ सय ४ रुपैयाँ कायम गरिएको छ। विश्व बजारमा सुनको मूल्यमा आएको उत्तारचढावका कारण स्थानीय बजारमा पनि यसको प्रभाव देखिएको हो।

























