
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले राप्रपा नेता तथा पूर्वमन्त्री विक्रम पाण्डेलाई पक्राउ गरेको छ । ब्यूरोले उनलाई शुक्रबार पक्राउ गरेको हो ।
पूर्वमन्त्री पाण्डे राप्रपाका वरिष्ठ नेता एवं उपाध्यक्ष हुन् । आफू अनुकूलको ठेक्का पार्ने प्रयासका क्रममा ई–बिडिङको वेबसाइट ह्याक गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पाण्डे ०७९ को निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । पाण्डेविरुद्ध ०७५ सालमा सिक्टा सिंचाइ आयोजनामा गुणस्तरहीन काम भएको अख्तियारले मुद्दा दायर गरेको थियो ।



















