काठमाडौँमा लुटिएकाे गाेलीसहित इलामबाट एक जना पक्राउ

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख १२, शनिबार ०८:०८

विराटनगर । इलामको सन्दकपुर गाउँपालिका– ३ बाट प्रहरीले एसएलआर राइफलमा प्रयोग हुने ठूलो परिमाणको गोलीसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलाम नगरपालिका-५ बिब्ल्याटे बस्ने १८ वर्षीय विश्वास राई रहेका छन् ।

प्रहरी चौकी बन्दुकेबाट खटिएको टोलीले उनलाई सन्दकपुर-३ स्थित कोइराला गाउँबाट शंकास्पद अवस्थामा बसिरहेको बेला नियन्त्रणमा लिएको हो । राईको खानतलासी गर्दा उनले बोकेको प्रहरीको निलो रङको ‘रुकस्याक’ झोलाभित्र एसएलआर राइफलमा प्रयोग हुने ७.६२ एमएमको २५ राउण्ड गोली फेला परेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । प्रहरीका अनुसार एसएलआर राइफलको ७.६२ एमएमको गोली २५ थान, चार्चर ब्रिज ५ थान, बिन्दुली १ थान, घरेलु हतियार (सिकल): ४ थान मोबाइल फोन २ थान बरामद गरेकाे छ ।

Advertisement

पक्राउ परेका राईलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय इलाममा राखिएको छ । प्रारम्भिक सोधपुछका क्रममा उनले उक्त गोलीहरू काठमाडौँमा भएको जेनजी आन्दोलनका क्रममा रत्नपार्क नजिकैको प्रहरी कार्यालयबाट लुटेको बयान दिएका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.