सांकेतिक फोटो ।विराटनगर । मोरङको सुन्दरहरैँचामा नाबालिकालाई बलात्कार (जबरजस्ती करणी) गरेको आरोपमा एक बालकलाई प्रहरीले पक्राउ गरेको छ ।
मोरङ प्रहरीका निमित्त सूचना अधिकारी, इन्स्पेक्टर लेखनाथ दाहालका अनुसार ५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १४ वर्षीय बालकलाई नियन्त्रणमा लिइएको हो । बालकले घर नजिकैको मकै बारीमा लगेर अनुचित व्यवहार गरेको भन्दै अभिभावकले प्रहरीमा जाहेरी दिएका थिए ।
त्यसलगत्तै खटिएको प्रहरी टोलीले बालकलाई पक्राउ गरेर अनुसन्धानको थप प्रक्रिया अघि बढाएको छ । घटना वैशाख ११ गते बिहान करिब ९ बजेतिको रहेको प्रहरीले जनाएको छ ।
नाबालिकालाई बालकले जबरजस्ती गर्दै गरेको स्थानीयले देखेका थिए । इलाका प्रहरी कार्यालय विराटचोकबाट खटिएको टोलीले शनिबार साँझ बालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बेलबारीको जिम्मा लगाएको हो ।
इन्स्पेक्टर राजीव गिरी नेतृत्वको टोलीले घटनाको थप अनुसन्धान गरिरहेको छ । पीडित नाबालिकालाई आवश्यक स्वास्थ्य परीक्षण तथा सुरक्षासम्बन्धी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।
स्थानीयस्तरमा घटेको यस घटनाले बालबालिकाको सुरक्षाका बारेमा चिन्ता बढाएको छ । सम्बन्धित निकायले थप सतर्कता अपनाउनुपर्ने अवस्था आएको स्थानीय बताउँछन् ।



















