सरकारलाई शाहीको चेतावनी

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख १३, आइतबार १८:१८

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को संसदीय दलका नेता ज्ञानेन्द्र शाही (ज्ञानबहादुर)ले सरकारलाई संसदबाट नभागी विधायकी प्रक्रियामार्फत जनताको समस्या समाधान गर्न आग्रह गर्दै कडा चेतावनी दिएका छन् ।

आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै शाहीले सरकारले कानुन निर्माणलाई छल्दै अध्यादेशमार्फत शासन चलाउने प्रयास गरे गम्भीर राजनीतिक परिणाम भोग्नुपर्ने बताए । उनले यस्तो अभ्यासले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले जस्तै चुनौतीपूर्ण अवस्था भोग्नुपर्ने टिप्पणी गरे ।

Advertisement

शाहीले संसद जनताको आवाज उठाउने थलो भएकाले सरकार बलियो हुँदा पनि संसदको भूमिकालाई कमजोर बनाउन नहुने स्पष्ट पारे । उनले सुकुम्बासी समस्या, भूमिसुधार ऐन अड्किएको अवस्था र भूमि व्यवस्थापनका विषय तत्काल संसदबाटै समाधान गर्नुपर्ने आवश्यकता औंल्याए ।

उनका अनुसार संघ, प्रदेश र स्थानीय तहबीच समन्वय अभावका कारण नीति कार्यान्वयनमा समस्या देखिएको छ । सरकारले यसलाई गम्भीर रूपमा लिनुपर्ने उनले बताएका छन् । शाहीले संसदलाई सक्रिय बनाएर संवैधानिक बाटोमै अघि बढ्न सरकारलाई आग्रह गरेका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.