बाबुको हत्या, छोरा पक्राउ

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख १४, सोमबार ०६:३२

रुपन्देही । रुपन्देहीमा बाबुको हत्या गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् ।

कञ्चन गाउँपालिका–४ बेलडाँडाका २४ वर्षीय सुनील थारूले वैशाख ११ गते आफ्नै बुबा ५८ वर्षीय जंगबहादुर थारूको घाँटी अठ्याएर गम्भीर घाइते बनाएको प्रहरीले जनाएको छ । घटनापछि फरार रहेका उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

Advertisement

गम्भीर घाइते जंगबहादुरलाई उपचारका लागि कपिलवस्तुको पिपरा अस्पताल लगिएको थियो । त्यहाँ पुर्याउनसाथ चिकित्सकले मृत घोषणा गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार अभियुक्तमाथि कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अघि बढाइएको छ । घटनाको थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.