दलकाे नेता चयन गर्दै कांग्रेस

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख १४, सोमबार ०८:३८

काठमाडौं । नेपाली कांग्रेसले आज (सोमबार) संसदीय दलको नेता चयन गर्दैछ । कार्यसम्पादन समितिको बैठकबाट सर्वसम्मत दलकाे नेता चयन गर्ने भएकाे हाे ।

कांग्रेस कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार आजको बैठकको मुख्य कार्यसूची संसदीय दलको नेता चयन गर्नेछ ।

Advertisement

आजको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सभापति गगनकुमार थापाले दलको नेताको नाम घोषणा गर्नेछन् । कार्यसम्पादन समिति बैठकमा थापाले घोषणा गरेको नामलाई नै संसदीय दलको बैठकबाट पनि अनुमोदन गराउने तयारी कांग्रेसको छ । कांग्रेस सहमहामन्त्री एवम् निर्वाचन समिति संयोजक प्रकाश रसाइली ‘स्नेही’ ले कार्यसम्पादन समिति बैठकमा सभापति थापाले घोषणा गर्ने नामलाई प्रक्रिया अघि बढाएर टुंग्याउने जानकारी दिए ।

दलको नेता चयनका लागि प्रक्रिया अघि बढाउन निर्वाचन तालिका सार्वजनिक गरिए पनि गत शुक्रबार अन्तिम समयमा स्थगित गरिएको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.