
काठमाडौं । साताको दोस्रो दिन आज (सोमबार) सुन र चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला २ लाख ९९ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा १ हजार ३ सय रुपैयाँले बढेको हो।
आज छापावाल सुन प्रतितोला ३ लाख ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै प्रति १० ग्राम छापावाल सुनको मूल्य २ लाख ५७ हजार ६ सय ३० रुपैयाँ तोकिएको छ।
सुनसँगै आज चाँदीको मूल्य पनि बढेको छ। चाँदी तोलामा ५० रुपैयाँले बढेर प्रतितोला ५ हजार ४५ रुपैयाँमा किनबेच भइरहेको छ। आज १० ग्राम चाँदीको मूल्य ४ हजार ३ सय २५ रुपैयाँ कायम गरिएको छ।



















