कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बेको नाम प्रस्ताव

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख १४, सोमबार १३:३२

काठमाडौं। नेपाली कांग्रेसको संसदीय दलको नेताका रूपमा भीष्मराज आङ्देम्बेको नाम प्रस्ताव गरिएको छ। सोमबार पार्टी कार्यालयमा सुरु भएको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सभापति गगन थापाले उनको नाम प्रस्ताव गरेका हुन्।

पूर्वसहमहामन्त्री समेत रहेका आङ्देम्बेलाई दलको नेता बनाउने प्रस्ताव भएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए। दलको नेतामा सहमति जुटाउन गत शुक्रबार उपसभापति विश्वप्रकाश शर्माको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरिएको थियो। समितिमा उपसभापति पुष्पा भुसाल, महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरे लगायत सहभागी थिए।

Advertisement

संसदीय दलको नेता सांसदहरूले नै चयन गर्नुपर्ने कानुनी व्यवस्था भएकाले आज सोमबार दिउँसो १ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक बोलाइएको छ। सोही बैठकबाट आङ्देम्बेलाई सर्वसम्मत रूपमा दलको नेता घोषणा गर्ने तयारी छ।

समानुपातिक तर्फबाट सांसद बनेका आङ्देम्बेलाई ३८ जना सांसद रहेको कांग्रेस संसदीय दलको नेतृत्व सुम्पिने तयारी भएको हो। कार्यसम्पादन समितिले दलको नेता चयनमा सहजीकरणको भूमिका निर्वाह गर्दै आएको थियो।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.