सुनको मूल्य तोलाको ३ हजारले घट्यो

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख १५, मंगलबार ११:१९

विराटनगर । नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीको मूल्य घटेको छ । सोमबार मूल्य बढे पनि भोलिपल्ट घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलाको ३ हजार रूपैयाँले घटेको छ । भाउ घटेसँगै सुन प्रतितोला २ लाख ९७ हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुनको मूल्य तोलाको ३ लाख ५ सय रुपैयाँ थियो ।

Advertisement

त्यस्तै, चाँदीको मूल्य प्रतितोला १ सय रूपैयाँले घटेको छ । भाउ घटेसँगै चाँदी प्रतितोला ४ हजार ९ सय ४५ रूपैयाँमा कारोबार भइरहेको छ । चाँदी सोमबार ५ हजार ४५ रुपैयाँमा किनबेच भएको महासंघले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.