फौजदारी मुद्दामा नयाँ मापदण्ड, अभियोजनमा क्षतिपूर्ति जोडिने

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख १५, मंगलबार १२:३७

काठमाडौं । फौजदारी न्याय प्रणालीमा पीडितको अधिकारलाई थप बलियो बनाउन नयाँ मापदण्ड तय गरिएको छ । महान्यायाधिवक्ता कार्यालयले फौजदारी मुद्दामा पीडितको अधिकारलाई थप बलियो बनाउने उद्देश्यसहित महत्वपूर्ण निर्देशन जारी गरेको छ ।

उक्त निर्देशन अनुसार अबदेखि देशभरका सरकारी वकिलहरूले फौजदारी कसुरका मुद्दाको अभियोजन गर्दा पीडितलाई भएको आर्थिक तथा अन्य क्षतिको भरपाई दोषीबाटै भराउने व्यवस्था अनिवार्य रूपमा समेट्नुपर्ने भएको छ । सरकारी वकिल सम्बन्धी नियमावली, २०७७ को प्रावधान तथा व्यवस्थापन समितिको निर्णयका आधारमा जारी गरिएको सर्कुलरमा अनुसन्धानदेखि अभियोजनसम्मको प्रक्रियामा पीडितलाई केन्द्रमा राख्न स्पष्ट निर्देशन दिइएको हो ।

Advertisement

सह–महान्यायाधिवक्ता अच्युतमणि नेउपानेद्वारा हस्ताक्षरित उक्त परिपत्रले अबदेखि फौजदारी मुद्दामा ‘बिगो दाबी’लाई औपचारिक रूपमा अनिवार्य बनाएको छ । निर्देशनअनुसार, कसुरका कारण पीडितले व्यहोरेको प्रत्यक्ष आर्थिक क्षति मात्र नभएर गुमेको आम्दानी, पेसा वा व्यवसायमा परेको असर, अध्ययनमा अवरोधजस्ता पक्षहरूलाई समेत अदालतमा दाबीका रूपमा प्रस्तुत गर्नुपर्नेछ ।

यदि कसुरका कारण पीडितको मृत्यु भएको अवस्थामा दाहसंस्कार खर्चसमेत दोषीबाट असुल गर्नुपर्ने व्यवस्था गरिएको छ । यसैगरी, पीडितको उपचारसँग सम्बन्धित सम्पूर्ण खर्चहरू (अस्पताल पुर्‍याउँदा लागेको खर्च, भर्ना शुल्क, परीक्षण, औषधि, शल्यक्रिया, बेड चार्ज, चिकित्सकीय तथा मनोवैज्ञानिक परामर्श)समेत कसुरदारबाटै भराउनुपर्ने स्पष्ट व्यवस्था गरिएको छ ।

उपचारका क्रममा हुने अतिरिक्त खर्चहरू जस्तै बिरामी कुरुवाको न्यूनतम भोजन खर्चसमेत दाबीमा समेट्न सकिने उल्लेख छ । निर्देशनले फौजदारी मुद्दामा साक्षीको भूमिकालाई पनि थप व्यवस्थित बनाउन खोजेको छ ।

साक्षीको बकपत्रलाई प्रभावकारी बनाउन अब बकपत्रका क्रममा सरकारी वकिलको अनिवार्य उपस्थिति सुनिश्चित गर्नुपर्नेछ । साक्षीलाई पूर्वपरामर्श दिने, बकपत्रको अवस्थाबारे नियमित प्रतिवेदन तयार पार्ने र त्यसलाई महान्यायाधिवक्ताको कार्यालयमा पठाउने व्यवस्था पनि मिलाइएको छ ।

यसअघि साक्षीहरूले पर्याप्त कानुनी मार्गदर्शन नपाउने, बकपत्रका बेला सरकारी वकिल उपस्थित नहुने र त्यसै कारण साक्षी प्रभावित हुने वा बयान फेर्ने घटनाहरू बढेको गुनासो उठ्दै आएको थियो । यस्ता कमजोरीका कारण सरकारवादी मुद्दा कमजोर बन्ने अवस्था देखिएको थियो । नयाँ निर्देशनले सबै समस्याहरू समाधान गर्ने अपेक्षा गरिएको छ ।

विशेषगरी गम्भीर प्रकृतिका फौजदारी कसुरमा पीडित स्वयंले पनि पर्याप्त सहयोग नपाउने, बयान परिवर्तन गर्ने वा दबाबमा पर्ने अवस्था देखिएकाले यसलाई सुधार्न उपयुक्त कदम चालिएको छ । यसअघि पनि यस्तै प्रकारको निर्देशन जारी भए पनि कार्यान्वयन कमजोर देखिएपछि पुनः कडाइका साथ कार्यान्वयन गर्न परिपत्र गरिएको महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ ।

निर्देशन अनुसारको व्यवस्था उच्च सरकारी वकील कार्यालय, विशेष सरकारी वकील कार्यालय तथा देशभरका जिल्ला सरकारी वकील कार्यालयहरूमा लागू हुने छ । नयाँ सर्कुलर कार्यान्वयनमा आएपछि फौजदारी न्याय प्रणालीमा पीडितको हक सुनिश्चित हुने र दोषीलाई जिम्मेवार बनाउने प्रक्रिया थप प्रभावकारी हुने बताइएको छ ।

तपाइको प्रतिक्रिया
देउवाकै नेतृत्वमा १५ औँ महाधिवेशन गर्ने कांग्रेस इतर पक्षको निर्णय 
देउवाकै नेतृत्वमा १५ औँ महाधिवेशन गर्ने कांग्रेस इतर पक्षको निर्णय 
क्षेत्राधिकारभन्दा बाहिर गएर अस्पतालमा सिलबन्दी भयो  
क्षेत्राधिकारभन्दा बाहिर गएर अस्पतालमा सिलबन्दी भयो  
जसपा र लोसपा एकतापछि नयाँ केन्द्रीय समिति गठन 
जसपा र लोसपा एकतापछि नयाँ केन्द्रीय समिति गठन 
धनकुटाको साँगुरीगढीमा बस दुर्घटना 
धनकुटाको साँगुरीगढीमा बस दुर्घटना, तीन जना घाइते
विमानस्थलमा अपराधीजस्तो व्यवहार गरियो, के खोज्न खोजेको हो ?:  केपी ओली
विमानस्थलमा अपराधीजस्तो व्यवहार गरियो, के खोज्न खोजेको हो ?:  केपी ओली
नयाँ शिक्षा ऐनका लागि विराटनगरबाट ‘शिक्षा संवाद’ अभियान सुरु 
नयाँ शिक्षा ऐनका लागि विराटनगरबाट ‘शिक्षा संवाद’ अभियान सुरु 
भारतीय सेना प्रमुख आउँदै, मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरिने
जनकपुरधाममा झुलनोत्सवको उल्लास
२ अर्ब ६४ करोडको अलैंची निर्यात, विश्वबजारमा ब्रान्डिङको चुनौती
जाजरकोट पहिरोमा तीन जनाको मृत्यु, दुई जना अझै बेपत्ता
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.