
सुनसरी । सुनसरीको छुट्टाछुट्टै स्थानबाट प्रहरीले लागुऔषध ब्राउन सुगर (खैरो हेरोन) सहित ४ जनालाई पक्राउ गरेको छ ।
सुनसरीको कोशी गाउँपालिका–१ लौकहीस्थित पूर्वपश्चिम राजमार्गबाट प्रहरीले लागुऔषध ब्राउन सुगर ३ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लौकही र जिल्ला प्रहरी कार्यालय सुनसरीको संयुक्त प्रहरी टोलीले नियमित चेकजाँचका क्रममा उनीहरू लागुऔषधसहित पक्राउ परेको सुनसरी प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उदयपुरको बेलका नगरपालिका–३ का २४ वर्षीय प्रताप राईको साथबाट ६.४४ ग्राम ब्राउन सुगर, उदयपुरकै त्रियुगा नगरपालिका–१२ का २४ वर्षीय मोहम्मद इस्माइलको साथबाट १.७४ ग्राम ब्राउन सुगर र मोरङको कटहरी गाउँपालिका–४ का २२ वर्षीय विवेककुमार मण्डलको साथबाट ०.३९ ग्राम ब्राउन सुगर बरामद भएको छ ।
त्यस्तै, धरान उममहानगरपालिका –११ नगरकोट लागुऔषध कारोबार भइरहेको छ भन्ने सूचनाका आधारमा सोही ठाउँका ३२ वर्षीय सन्देश लिम्बूको कोठा खानतलासी गर्दा ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी पोस्ट जोर सखुवाको संयुक्त टोलीले लिम्बूको कोठाबाट लागु औषध ब्राउन सुगर १.४५ ग्राम फेला पारेको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरूलाई लागुऔषध नियन्त्रण ऐनअनुसार थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।



















